इन्धनको मूल्य वृद्धिको विरोधमा दाहाल नेपाल पक्ष निकट अनेरास्ववियूद्वारा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इन्धनको मूल्य वृद्धिको विरोधमा दाहाल नेपाल पक्ष निकट अनेरास्ववियूद्वारा विरोध प्रदर्शन

काठमाडाैं, ६ फागुन । सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा नेकपा दाहाल नेपाल पक्ष निकट अनेरास्ववियूले देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियूले बिहीबार काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि कालोपट्टी बाँधेर र टायर बालेर प्रदर्शन गरेको हो । प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि पनि प्रदर्शन गरेको छ । अनेरास्ववियुले आयल निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्र समेत बुझाएको छ ।

नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन ४ गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो । त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);