लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन मध्यरातमा अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन मध्यरातमा अन्त्य

बुटवल । आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित हुन नसकेपछि लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन बिहीबार मध्यरातमा अन्त्य गरिएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा राति १२ बजेदेखि लागू हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् । संसद्को अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने गृहकार्य थालेको छ । असारमै बजेट पारित गर्न सरकार असफल भएकाले बजेट अस्वीकृत भएको विपक्षी दलका नेताहरुको भनाई छ ।

सत्तारूढ एमाले समर्थित नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित सांसद अजय शाह सम्पर्कविहीन भएपछि सरकारको बजेट पारित नहुने अवस्था उत्पन्न भएको थियो ।

सरकार अल्पमतमा परेको भन्दै विपक्षीले बहुमत सिद्व गर्न आग्रह गरेका थिए । तर, मुख्यमन्त्री शंकर पोखरेल छलफलबाट नै बजेट पारित गर्न आग्रह गर्दै आएका थिए । विपक्षीले मतदानबाट टुंग्याउन प्रस्ताव गर्नासाथ मुख्यमन्त्रीसहित सत्तारूढ दलका सांसद बाहिरएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);