मन्त्रीपरिषद् बैठकको सिफारिसमा सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मन्त्रीपरिषद् बैठकको सिफारिसमा सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु

धनगढी । मन्त्रीपरिषद् बैठकको सिफारिसमा सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजबाट सुरुहुनेगरी आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । बजेट अधिवेनको पहिलो बैठक दिउँसो ३ बजेबाट सुरु हुने छ ।

बजेट अधिवेशनको पहिलो बैठक भएकाले शुभकामना आदानप्रदान नै आजको मुख्य विषय रहने भनिएको छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताइएको छ ।

बैठकको एजेण्डाबारे छलफल गर्न बिहीबार कार्य व्यवस्था परामर्श समितिको बसेको बैठक आज पुनः बसेर एजेन्डा तय गर्ने गरी विना निष्कर्ष सकिएको थियो ।

प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगावै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान भए पनि यसवर्ष राजनीतिक किचलोका कारण ढिलो गरी बजेट अधिवेशन आहृवान भएकाले ढिलाइ भएको छ ।

तर, सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गर्दै बजेट ल्याउनुभन्दा ७ दिन अगाडि नीति कार्यक्रम ल्याउनुपर्ने व्यवस्था गरेको छ । असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);