लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु

रुपन्देही । लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज दिउँसो १ बजे बाट सुरु हुँदैछ ।

गत वर्षको झैं ३६ अर्ब ३५ करोडको नजिकमा रहेर बजेट ल्याउने तयारी भैरहेको सोथै कोरोना नियन्त्रण र यसले अर्थ व्यवस्थामा पारेको असरलाई कम गर्ने तर्फ बजेट केन्द्रित हुने लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलका तर्फबाट शुभकामना मन्तव्य राख्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । आजको बैठकमा विपक्षी दलहरुले भने मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्ने तयारी गरेका छन् ।

कोरोना महामारी नियन्त्रणदेखि मुख्यमन्त्रीको राजीनामा सम्मको कुरा बैठकमा हुने विपक्षी गठबन्धनका नेताहरुले बताएका छन् । गएको बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेकोमा मुख्यमन्त्री पोखरेलले बैशाख १९ गते बोलाइएको संसद बैठक बस्नु अगावै अर्को बाटोबाट मुख्यमन्त्री नियुक्त भएपछि विपक्षी गठबन्धनमा तीव्र असन्तुष्ट रहदै आएको छ ।

दोश्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएकोमा त्यसलाई पनि संसद्मा प्रवेश गराइएको छैन । एमाले अल्पमतमा परेको अवस्थामा जनता समाजवादी पार्टीका सांसदहरूलाई मन्त्री नियुक्त गरेर आफ्नो पक्षमा ल्याउँदासमेत मुख्यमन्त्री अल्पमतमा रहेको विपक्षी गठबन्धनका नेताहरुको दाबी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);