कर्णालीमा केन्द्रको निर्णय पर्खँदै कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कर्णालीमा केन्द्रको निर्णय पर्खँदै कांग्रेस

congress

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने–नदिने विषयमा कांग्रेस संसदीय दलले केन्द्रको निर्देशन पर्खने भएको छ ।

कांग्रेस कर्णाली प्रदेश संसदीय दलका सचेतक हिमबहादुर शाहीले सो जानकारी दिएका हुन् । ‘यस विषयमा छलफल गर्न केन्द्रमा अहिले बैठक बसिरहेको छ, जे निर्देशन आउँछ, हामीले त्यही गर्छौं’–शाहीले भने । मुख्यमन्त्री शाहीले आज बस्ने प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिँदै छन् ।

केन्द्रको निर्णय नआउँदासम्म आफूहरु मौन बस्ने शाहीले बताए ‘एमालेले हामीसँग पनि छलफल गरेको छ, माओवादीले पनि गरेको छ, तर कसलाई सहयोग गर्ने भन्ने कुरा केन्द्रको निर्देशनमा भरपर्छ, त्यसैले यो विषयमा हामी मौन छौं’ – शाहीले भने ।

यद्यपि आफूहरुले सहयोग गरेपनि माओवादी सरकार ढल्ने निश्चित देखिएको शाहीको भनाई छ । ‘मुख्यमन्त्री शाहीले सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव गर्नुभएको छ, तर केही आधार भने तय भएको छैन’ – शाहीले भने ।

मुख्यमन्त्री शाहीलाई दिएको समर्थन एमाले संसदीय दलले चैत ३ गते फिर्ता लिएको थियो । त्यसपछि शाही नेतृत्वको सरकार अल्पमतमा छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);