गण्डकी सरकारबाट बाहिरिन माओवादीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गण्डकी सरकारबाट बाहिरिन माओवादीको बैठक बस्दै

काठमाडौं, १० चैत्र । गण्डकी प्रदेशमा नेकपा एमालेको नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार समर्थन फिर्ता लिएर अघि बढ्न निर्देशन दिएसँगै आज माओवादी संसदीय दलको बैठक बोलाइएको हो ।

आज ११ बस्ने बैठकबाट सरकारबाट बाहिरिने निर्णय गर्ने एक नेताले बताए । प्रदेश सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

माओवादीको २ मन्त्री थिए । अब मुख्यमन्त्री खगराज अधिकारीले पुनः दोस्रोपटक विश्वासको मत लिनुपर्ने हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);