कोशी प्रदेश नामाकरणको विरोध आन्दोलनमा घाइते लिम्बुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कोशी प्रदेश नामाकरणको विरोध आन्दोलनमा घाइते लिम्बुको मृत्यु

काठमाडौं, १० चैत्र । गत चैत्र ५ गते कोशी प्रदेशको नामाकरणको विरोध कार्यक्रममा घाइते भएका पदम लिम्बु ‘लाजेहाङ’को मृत्यु भएको छ ।

निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडी प्रदर्शन गर्न जानेक्रममा प्रहरीको लाठीप्रहारबाट लिम्बु घाइते भएका थिए । टाउकोमा गम्भिर चोट लागेको उनको बीपी प्रतिष्ठानको आईसीयुमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राति बान्ता गरेपछि बेहोस भएका उनलाई बिपी अस्पताल पुराइएका थियो । उनलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं ल्याउने तयारी भइरहँदा मृत्यु भएको समतिले जनाएको छ ।

उनी संघीय लोकतान्त्रिक राष्ट्रि मञ्चसम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर थिए । लिम्बुलाई सहिद घोषणा गर्नुपर्ने समितिको माग छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);