कोशी प्रदेश नामाकरणविरुद्धको प्रदर्शनमा घाइतेको मृत्युबारे सरकारले छानविन गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

कोशी प्रदेश नामाकरणविरुद्धको प्रदर्शनमा घाइतेको मृत्युबारे सरकारले छानविन गर्ने

काठमाडौं, २५ मार्च । ११ चैत्र । कोशी प्रदेशमा अशान्तिको खतरा बढेको छ । कोशी प्रदेश नामाकरणको विरोधमा ५ चैत्रमा विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते एकजनाको मृत्यु भएपछि अशान्तिको खतरा बढेको हो ।

घटनामा प्रदर्शनकारी पदमबहादुर लिम्बू घाइते भई उपचाररत रहँदा शुक्रवार मृत्यु भएको हो । त्यसपछि सरकारले कोशी प्रदेशको राजधानी विराटनगरका अलावा मुख्य शहरहरु धरान, दमकलगायत ठाउँमा सुरक्षा कडा पारेको छ ।

घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गम्भीर भएका छन् । उनकै निर्देशनमा गृह मन्त्रालयले समिति गठन गरी ५ चैत्रमा भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपको घटनाबारे छानविन बढाउने गरी समिति गठन गरिने सरकारकी प्रवक्ता समेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार सरकारले असन्तुष्ट पक्षसँग संवादको पहल थालिसकेको छ । तर, जातीय मुद्दा उठाउँदै आएको असन्तुष्ट समूहले कोशी प्रदेश नभई विभिन्न जातीय नामहरु राख्नुपर्ने शर्त सारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);