कोशी आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई शहिद घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोशी आन्दोलनमा ज्यान गुमाएका पदम लिम्बुलाई शहिद घोषणा

काठमाडौं, २४ चैत्र । कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुलाई सरकारले शहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पाँचथरका स्वर्गिय लिम्बुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । लिम्बुको परिवारलाई राज्यले सहयोग गर्ने पनि निर्णय गरेको छ ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । उहाँले साथै
मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ । उहाँले भन्नुभयो, ‘कोशी नामाकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूू निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’

प्रवक्ता शर्माले नामाकरण सम्बन्धी भइरहेको आन्दोलन र बिरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताउनु भयो ।

गत चैत्र ५ गते पहिचानबादी आन्दोलनको क्रममा गम्भिर घाइते भएका लिम्बुको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । घटनाको बारे छानबिन गर्न सरकारले समिति नै गठन गरेको थियो । कोशी सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो । लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बन्ध लिम्बुवान भोलेन्टियरका सहकमान्डर थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);