'स्वतन्त्र विद्यार्थी समूह बलियो' देखेपछि मिनभवन क्याम्पसको चुनाव रोक्न खोजियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘स्वतन्त्र विद्यार्थी समूह बलियो’ देखेपछि मिनभवन क्याम्पसको चुनाव रोक्न खोजियो

काठमाडौं, ११ चैत्र । स्वतन्त्र विद्यार्थी समूह बलियो देखेपछि नेपाल कमर्श क्याम्पस मिनभवनको चुनाव रोक्ने चलखेल भएको छ । आज हुने भनिएको चुनाव मतदान अधिकृत नै गायब गरेर रोक्न खोजिएको छ ।

मतदान अधिकृत तुल्सी रेग्मी शुक्रवारबाट नै सम्पर्कविहिन भएका छन् । उनलाई प्रमुख विद्यार्थी संगठनहरुले नै सम्पर्कमा नआउन भनेको बुझिएको छ ।

मिनभवन क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूह बलियो बन्दै गएको छ । चुनावमा मुख्य राजनीतिक दल निकट विद्यार्थी संगठनहरु कठिन अवस्थामा देखिएका छन् । यसका कारण कहिले चुनाव सार्ने त कहिले मतदान अधिकृत नै गायब हुने अवस्था बनाइएको छ ।

स्वतन्त्र विद्यार्थी समूहबाट सभापतिका उम्मेदवार कृष्ण हुमागाईंले देशभर स्ववियू चुनावमा धेरै ठाउँमा धाँधली भएको नेपाल कमर्श क्याम्पसको घटनाले पुष्टि गरेको बताए । उनले स्वतन्त्र समूहले जित्ने डरले राजनीतिक दलका भातृ संगठन आत्तिएको बताए ।

कुनै हालतमा चुनाव हुनुपर्नेमा हुमागाईंको जोड छ । चुनाव रोकेमा कडा कदम चाल्ने चेतवानी दिएका छन् ।

स्वतन्त्र विद्यार्थी समूहले त्रिभुवन विश्वविद्यालयको स्ववियू चुनावमै दुई सिट जितेको छ । यसबाहेक देशका विभिन्न क्याम्पसहरुमा उसले विभिन्न पदहरुमा जित निकालेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);