प्रतिनिधि नपुुगेपछि त्रिवि केन्द्रीय क्याम्पसमै सुरु हुन सकेन मतदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रतिनिधि नपुुगेपछि त्रिवि केन्द्रीय क्याम्पसमै सुरु हुन सकेन मतदान

काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व छान्न केही क्याम्पसहरुमा मतदान सुरु भइसकेको छ ।

तर त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरमा भने मतदान सुरु हुन सकेको छैन् । मतदानका सबै तयारी पुरा भएपनि केही प्रतिनिधिहरु आएर हस्ताक्षर गर्न बाँकी रहेकोले मतदान गर्न ढिलाई भएको हो ।

बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान समय तोकिएको छ । सम्पुर्ण क्याम्पसहरुको आज सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

प्रवेशद्धारमा प्रहरीले विद्यार्थीहरुलाई परिचयपत्र देखाएमा मात्र प्रवेश गराएको छ ।

करिब १४ वर्षपछि आज त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ ।

१४ वर्षपछि त्रिविको ६० आंङ्गिक र एक हजार ४० क्याम्पसहरुमध्ये अधिकांशमा मतदान भइरहेको छ । केहीमा भने विवादका कारण मतदान स्थगित भएको छ । स्वतन्त्र समूहका छात्र नेता कृष्णप्रसाद हुमागाईंले दलहरुनिकट छात्र संघ चुनाव हार्ने डरले विभिन्न क्याम्पसमा मतदान रोक्न वाध्य गराएको आरोप लगाए । प्रत्येक २ वर्षमा स्ववियू चुनाव हुनुपर्नेमा २०६५ यता हुन सकेको थिएन । यसको चौतर्फी विरोध भएपछि चुनाव तय गरियो ।

काठमाडौं उपत्यकाभित्र र मुख्य शहरहरुका क्याम्पसहरुको चुनावमा प्रमुख राजनीतिक दलनिकट छात्र संघलाई यसपटक स्वतन्त्र विद्यार्थी समूहले कडा चुनौती दिने आँकलन गरिएको छ ।
स्ववियू चुनाव अघि नै विभिन्न क्याम्पसहरुमा झडपका घटनाहरु पनि भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);