पिएन क्याम्पस पोखरामा स्वतन्त्र नाममा दर्ता गर्न रोक लगाएपछि अदालत जादै स्वतन्त्र विद्यार्थी समुह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पिएन क्याम्पस पोखरामा स्वतन्त्र नाममा दर्ता गर्न रोक लगाएपछि अदालत जादै स्वतन्त्र विद्यार्थी समुह

काठमाडौं, २४ फागुन । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र नाममा दर्ता गरेकोमा अन्तिम नामावली प्रकाशनमा हटाएपछि एउटा विद्यार्थी समुह अदालत जाने भएका छन् । स्ववियु चुनाव नजिकिदै गर्दा स्वतन्त्र समुहलाई दर्ता गर्न अस्वीकार गरेपछि ति समुह उच्च अदालत कास्की जान लागेका हुन् ।

स्ववियु निवार्चन आगामी चैत्र ५ गते हुँदैछ । त्रिभुवन विश्वविद्यालय र यसका सम्बन्धन प्राप्त आङ्गिक क्याम्पसहरुमा संगठन दर्ता भैसकेका छन् । देशका विभिन्न क्याम्पसहरुमा विद्यार्थी मतदाता नामावली प्रकाशनको कामहरु भईरहेका छन् भने केही क्याम्पसहरुले नामावली सार्वजनिक समेत गरिसकेका छन्।

त्रिभुवन विश्वविद्यालयको सबैभन्दा धेरै विद्यार्थी रहेको आङ्गिक क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पसमा भने सङ्गठन दर्ताको विषयमा विवाद सिर्जना भएको छ । गत फागुन १९ गते साढे १ बजे क्रम संख्या ९ मा पृथ्वीनाराण क्याम्पसका विद्यार्थीहरुले ‘स्वतन्त्र विद्यार्थी समूह’ नामक समुह राखी क्याम्पसको निर्वाचन समितिमा दर्ता गरेका थिए । तर क्याम्पसको निर्वाचन समितिले नाम दर्ता प्रकाशन गरेन ।

यसबारे क्याम्पस प्रशासनसँग सोध्दा नियममा नभएकोले स्वतन्त्र विद्यार्थी समूह नाम राख्न नदिइएको दाबी गर्यो । पीएन क्याम्पसका प्रमुख डा. सरोज कोइरालाले नाम राख्ने मापदण्ड पहिल्यै उल्लेख भएको दाबी गरे । स्वतन्त्र नामसँग डराएका केही प्रमुख विद्यार्थी संघ संगठनले क्याम्पस प्रशासनलाई दबाबमा पारेर स्वतन्त्र विद्यार्थी समूह नाम दर्ता भइसकेकोमा अन्तिम नामावलीमा हटाउन वाध्य बनाए ।

‘स्वतन्त्र विद्यार्थी समुह’ ले सोमबार क्याम्पसमै पुगेर समितिको यो कदमको विरोधसमेत गरेका छन् । समुहका सह संयोजक भुपेन्द्र महराले कुनैपनि समुहको आधिकारिक नाम कुनै पनि सल्लाहबिना निर्वाचन समितिले परिवर्तन गरिदिनु आपत्तिजनक र लापरबाहिपुर्ण भएको बताउनुभएको छ ।

के कारणले नाम परिवर्तन भयो भन्ने कारण स्पष्ट नभएपनि ’स्वतन्त्र विद्यार्थी समुह’ का अनुसार क्याम्पसमा सक्रिय विभिन्न राजनीतिक दलका भातृ संगठनका कार्यकर्ताहरुको धम्किमा परि निर्वाचन समितिले समुहको नाम परिवर्तन गरेको जनाएको छ ।

’स्वतन्त्र विद्यार्थी समुह’ ले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन समितिको यो कदमप्रति विरोध जनाएको छ । साथै उक्त समुहले कुनैपनि धम्किमा नपरी आफुहरुको समुहको नाम स्वतन्त्र विद्यार्थी समुह नै राखि पुनः नामावली प्रकाशन गर्न पृथ्वीनारायण क्याम्पसको निर्वाचन समितिसँग आग्रह समेत गरेको छ ।

समुहका सहसंयोजक महराले कसैको डर धम्की त्रास दबाबमा नरही कानुनी छानबिनको रूपमा अगाडि बढ्ने समेत जनाउनुभएको छ ।

स्वतन्त्र विद्यार्थी समुहको विज्ञप्तिः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);