सुदुुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन कहिले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सुदुुरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन कहिले ?

काठमाडौं, ७ चैत्र । सुदुरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत्र २१ गते हुने भएको छ ।

सो विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसमा चैत्र ८ हुने भनिएपनि तालाबन्दीका कारण रोकिएको हो । विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनबीच सहमति भएसँगै निर्वाचनको नयाँ मिति तोकिएको हो ।

चैत्र ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरुले मतदान गर्न पाउनेछन् । भोलि चैत्र ८ गते सो विश्वविद्यालय अन्तर्गतका आठवटा आङ्गिक क्याम्पसहरुमा निर्वाचन हुँदैछ भने अन्य पाँचवटा आङ्गिक क्याम्पसमा अझै विवादका कारण अनिश्चित बनेको छ । विश्वविद्यालयमा केन्द्रीय र आङ्गिक गरी १६ वटा क्याम्पस रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);