प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न नेपाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

अहिले दुई शीर्ष नेताबीच भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ । सत्ताघटक दलहरु मन्त्रिमण्डल विस्तारको गृहकार्यमा जुटेका छन् । दाहालले बुधबार यता नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दाहालबीच छलफल गरेका थिए भने आज नेपालसँग छलफल गर्न लागेका हुन् ।

दाहाल नयाँ मन्त्रिमण्डल विस्तार गरी चाँडै पुर्णता दिने तयारीमा छन् । सबैलाई भागवण्डा मिलाउन २२ बाट २५ मन्त्रालय पुराउने सरकारको तयारी छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);