प्रधानमन्त्री प्रचण्ड र नेपालबीच वान टु वान वार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री प्रचण्ड र नेपालबीच वान टु वान वार्ता

madhav n prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच वान टु वान वार्ता भएको छ ।

आज बिहान ललितपुरको एक घरमा प्रचण्ड र नेपालबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

भेटमा नेपाललाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको बताइएको छ ।

मंगलवार अर्थमन्त्री विष्णु पौडेलले नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

आज बिहान प्रधानमन्त्रील जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);