सुशासन तथा आर्थिक–सामाजिक विकास सरकारको मुख्य एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुशासन तथा आर्थिक–सामाजिक विकास सरकारको मुख्य एजेण्डा

kp oli pm

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी ओलीले सुशासन तथा आर्थिक–सामाजिक विकास सरकारको मुख्य एजेण्डा रहेकोे बताएका छन् । प्रधानमन्त्री ओलीले कृषि, उर्जा र पूर्वाधार विकास गरेर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।

बुधबार ललितपुरमा आयोजित ‘बेल्ट एण्ड इनिसिएटिभः अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि दुई छिमेकी मुलुक भारत र चीनसँग पूर्वाधार विकासमा जोड दिइएको पनि स्मरण गराए ।

प्रधानमन्त्री ओलीले चीनसँग पारबहन सम्बन्धि प्रोटोकलमा सहमति जुटाएर नेपालले आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गराए । उनले तेस्रो मुलुकसँग चीनको भूमि भएर आयात, निर्यात गर्न पाउने दुई मुलुकबीचको पारबहनसम्बन्धि सहमतिले नेपाल भूपरिवेष्ठित राष्ट्रको रुपमा मात्रै नरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले चीन र भारत दुवै छिमेकी मुलुकले नेपालको आर्थिक विकासका लागि रेल सेवा संचालन, लगानी अभिवृद्धि गर्न लागेको पनि उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने बताए । उनले दुवै देशसँग मिलेर नेपालमा रेल सेवा विस्तार गर्ने तयारीको कामलाई अन्तिम चरणमा पु¥याएको जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);