सभामुख महरा स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सभामुख महरा स्वदेश फिर्ता

sabamukh mahara

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण फलदायी रहेको दाबी गरेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ५ दिने औंपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग आफ्नो तिब्बत भ्रमण फलदायी र निकै उपलब्धिमूलक रहेकोे बताएका हुन् ।

सभामुख महरालेआफ्नो तीब्बत भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे । उनले  तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरिरहेको बताए ।

गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत प्रस्थान गर्नु भएका सभामुख महराले त्यहाँ आयोजित ‘चौंथो चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’ को उद्घाटन समारोहमा भाग लिएका थिए । त्यसैगरी उनले तिब्बत बसाईको क्रममा तिब्बत सरकारका प्रमुखसँग द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);