सात स्थानीय तहको पहिलो किस्ता रकम रोक | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

सात स्थानीय तहको पहिलो किस्ता रकम रोक

money

दोलखा, २७ भदौ । आर्थिक विवरण नबुझाउँदा दोलखाका सात वटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ । दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् ।

जिल्लाका दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकाले यही भदौ ५ गते र जिरी नगरपालिकाले भदौ ६ गते पहिलो किस्ताबापतको रकम निकासा लगेको छ । भीमेश्वर नगरपालिकाले पहिलो किस्ताबापत रु १० करोड १७ लाख ७५ हजार रकम पाएको छ, भने जिरी नगरपालिकाले रु पाँच करोड ८८ लाख ५० हजार रकम निकासा लगेको छ ।

आर्थिक विवरण बुझाएका दुई नगरपालिकालाई निकासा दिए पनि गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण बुझाउन बाँकी रहेकाले पहिलो किस्ताबापतको रकम लैजान नसकेको प्रमुख कोष नियन्त्रक भीष्मप्रसाद न्यौपानेले जानकारी दिए।

ताजा समाचार