दिक्तेल सडक बनाउन सुरु गरिएको २३ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दिक्तेल सडक बनाउन सुरु गरिएको २३ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेन

sadak

गोपाल पोखरेल 
उदयपुर, १७ माघ । गाईघाट  \ दिक्तेल सडक बनाउन सुरु गरिएको २३ वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको हो । ट्रयाक खुलेको बर्षौ भएपनि उदयपुर र खोटाङको सिमामा रहेको दुधकोसी नदीमा पक्की पुल बनेको छैन ।त्यस्तै सडक कालोपत्रे नहुँदा गाईघाट \ दिक्तेल सोझो यातायात संचालन हुन नसकेको हो । यातायात संचालन नहुँदा यात्रुहरु पैदल यात्रा गर्न बाध्य छन् ।

पुल नबन्दा पुसदेखि जेठसम्म बेलिब्रिज लगाएर यातायात संचालन हुने गरेको छ । सो सडक समयमै निर्माण गर्न स्थानीय र सरोकारवालाले माग गरेका छन् ।अहिले खोटाङतर्फको रसुवादेखि राजापानीसम्मको २६ किलोमिटर बनाउने काम भइरहे पनि अन्य खण्डको काम सन्तोषजनक छैन ।

सो खण्डको काम २०७७ सालसम्म सक्ने लक्ष्य छ ।२०५१ सालमा तत्कालीन प्रधामन्त्री मनमोहन अधिकारीले सिलान्यास गरेर सडक बनाउन सुरु गरिएको हो ।त्यसपछि धेरै पटक सरकार परिवर्तन भए तर सडकको अवस्था उस्तै छ । छिमेकी मुलुक भारत र चीन जोड्ने राजमार्ग भएकाले पनि समयमा सम्पन्न गर्न सम्बन्धित निकायले पहल गर्ने हो की ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);