भाटभटेनीमा खाद्य अनुज्ञापत्र नभएको मासु विक्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भाटभटेनीमा खाद्य अनुज्ञापत्र नभएको मासु विक्री

काठमाडौं, ३ कार्तिक । भाटभटेनी सुपरमार्केटले खाद्य अनुज्ञापत्र नभएको खसीबोकाको मासु विक्री गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाले सोमबार गरेको अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटमा विक्रीमा राखिएको मासुको खाद्य अनुज्ञापत्र नभएको पाइएको हो ।

महानगरले काठमाडौंको कलंकीमा रहेको भाटभनेनी सुपरमार्केटमा अनुगमन गरेको थियो । अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै महानगरपालिकाका पशु विभाग अधिकृत डम्बरबहादुर बमले खाद्य अनुज्ञापत्र नभएको मासु विक्रीका लागि राखिएको पाइएको बताउनुभयो ।

भाटभटेनीले नेपालगंज देखि खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । अनुज्ञापत्र नलिई विक्री गरेको पाइएपछि सम्बन्धित आपूर्तिकर्तालाई फोनगरी खाद्य अनुज्ञापत्र तत्काल लिन आग्रह गरिएको पनि महानगरका पशु विभाग अधिकृत बमले ताउनुभयो ।

भाटभटेनी सुपरमार्केटले नेपालगंजबाट खसीबोकाको मासु ल्याई विक्री वितरण गर्दै आएको छ । भाटभटेनीले खसीको प्रतिकेजी ९ सय ९९ रुपैयाँमा र बोकाको ८ सय ९९ सय रुपैयाँमा मासु विक्री गर्दै आएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);