दशैं भत्ता नलिन सभापति देउवाकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

दशैं भत्ता नलिन सभापति देउवाकाे आग्रह

काठमाडाैं, ३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ । सोमबार सभापति देउवाले पार्टीका सबै सांसदलाई यस्तो निर्देशन दिनुभएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सबै सांसदको खातामा आएको दशैं भत्ताबापतको रकम कोभिड–१९ उपचार कोषमा जम्मा गर्न संसदीय दलका नेता देउवाले निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

कोरोना महामारीले सिंगो मुलुक संकटमा रहेको र सर्वसाधारण नागरिकलाई हातमुख जोड्न कठिन भइरहेका बेला सांसदहरूले तलबसहित दसैं भत्ता लिनु उचित नहुने भन्दै देउवाले यस्तो निर्देशन दिनुभएको हो । माहामारी बेला दसैं भत्ता बाँड्ने सरकारले निर्णयको सबैतिरबाट विरोध तथा आलोचना भएको छ ।

यसबीच केही सांसदहरूले व्यक्तिगत रूपमा नै दशैं भत्ता फिर्ता गर्ने घोषणा गरिसकेका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद रहेका छन् । संघीय सांसदहरूले ६४ हजार ७० रूपैयाँ दसैं भत्ता पाएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);