हायातको सरकारी लगानी हत्याउने दाउ : २० अर्बको सम्पत्तिमा चलखेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

हायातको सरकारी लगानी हत्याउने दाउ : २० अर्बको सम्पत्तिमा चलखेल

काठमाडौँ, ४ असोज । मुलुककै ठुलो पाँचतारे होटल हायातको सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोेजेको खुलेको छ।

सार्वजनिक निजी साझेदारअन्र्तगत २०४९ सालमा स्थापना भएको हयातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार राशेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लागनी गरिएको थियो।

कुल लागनीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ लगानी थियो । अहिले एक सय ५० रोपनी जग्गासहित यो होटलको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। होटल सथापना हुँदा सरकारको लगानी ३९.७७ प्रतिशत रहेकामा निजी साझेदारको चलखेलका कारण ९.०१ प्रतिशतमा खुम्चिएको छ। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);