बैंकका आँखा ऊर्जामा, एक महिनामै ७७ अर्ब रुपैयाँ लगानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैंकका आँखा ऊर्जामा, एक महिनामै ७७ अर्ब रुपैयाँ लगानी

budhigandaki

काठमाडौं, १८ कात्तिक । घरजग्गा तथा शेयरलगायतका क्षेत्रमा आएको मन्दीसँगै वाणिज्य बैंकको आँखा ऊर्जातर्फको लगानीमा पर्न थालेको छ ।

अघिल्ला वर्षसम्म घरजग्गा, गाडी, सेयरलगायतका अनुत्पादक क्षेत्रमा लगानी गर्दै आएका बैंक पछिल्लो समय ऊर्जातर्फ आकर्षित भएका हुन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले ऊर्जामा एक महिनामै ७७ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी हुने कर्जामा कडाइ गर्नुका साथै उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई अनिवार्य गरेपछि ऊर्जा क्षेत्रको लगानी बढेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार राष्ट्र बैंकले ऊर्जामा लगानी अनिवार्य गरेकाले आकर्षण बढेको हो ।
‘राष्ट्र बैंककै नीतिअनुसार पछिल्लो समय बैंकहरू स्वतःस्फुर्त रूपमा ऊर्जा क्षेत्रमा लगानी गर्न आकर्षित भएका हुन्,’ प्रवक्ता पौडेलले भने ।

चालू आर्थिक वर्षको भदौ (दोस्रो) महिनामा वाणिज्य बैंकले ७७ अर्ब २१ करोड ९६ लाख २० हजार रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । चालू आर्थिक वर्षको पहिलो महिना ९साउन० मा ७४ अर्ब ३८ करोड ४९ लाख ७० हजार रुपैयाँ लगानी भएको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा भदौमा २ अर्ब ८३ करोड ४६ लाख रुपैयाँले ऊर्जा क्षेत्रको लगानी बढेको छ ।

हाल सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरूमध्ये नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको छ । यस बैंकले सो क्षेत्रमा ८ अर्ब ६ करोड ५९ लाख १० हजार रुपैयाँ लगानी गरेको छ । यो तथ्यांक भदौको हो । यस बैंकले गत असारमा ७ अर्ब ९० करोड २२ लाख ३० हजार रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेको थियो । यस्तै, यस क्षेत्रमा सबैभन्दा कम लगानी कृषि विकास बैंकले गरेको छ । यस बैंकको लगानी ऊर्जा क्षेत्रमा ३३ करोड ४२ लाख २० हजार रुपैयाँ लगानी गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ऊर्जा क्षेत्रमा लगानी नगरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले ऊर्जा, पर्यटन, कृषिलगायतका क्षेत्रलाई प्राथमिकताको क्षेत्र घोषणा गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत प्राथमिकताप्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत र ऊर्जा तथा पर्यटन क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । साथै, मौद्रिक नीतिले विकास बैंक र वित्त कम्पनीहरूले समेत प्राथमिकताप्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था यथावत कायम राखेकोे छ । वाणिज्य बैंकहरूलाई सबै प्रदेशमा प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ दशमलव १ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २ प्रतिशतले, विकास बैंकहरूको २ दशमलव ७ प्रतिशतले र वित्त कम्पनीहरूको शून्य दशमलव ५ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २२ दशमलव ४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । साथै, बैंकहरूको कुल लगानीमध्ये ६३ दशमलव १ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह भएको छ । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);