कानुन निर्माणमा देखिएका जटिलता हटाउन दाहालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कानुन निर्माणमा देखिएका जटिलता हटाउन दाहालको सुझाव

काठमाडौं, २२ असोज । विज्ञहरुले कानुन निर्माणमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिएका छन् ।

कानुनविद् काशीराज दाहालले कानुन निर्माणमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणका लागि आम नागरिकको धारणा लिन सकिनेतर्फ पनि समितिको ध्यानाकर्षण गराए ।

समितिले ऐन निर्माण तथा कार्यान्वयन सम्बन्धमा छलफल गर्न दाहाललाई समितिको बैठकमा बोलाएको थियो । बैठकमा समितिका सदस्यहरुले पनि दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माणको काममा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याएका थिए ।

समितिकी सदस्य उदया शर्मा पौडेलले दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माण भए, नभएकोतर्फ समितिले जोड दिनुपर्ने धारणा राखिन् । उनले कानुनको प्रभावकारी कार्यान्वयनका लागि पनि समितिले निगरानी राख्नुपर्ने आवश्यक्ता औंल्याए ।

समितिका अर्का सदस्य ठगेन्द्र प्रकाश पुरीले उपयुक्ततालाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्ने बताए । उनले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण भए, नभएको विषयलाई पनि समितिले गम्भिरताका साथ उठाउनुपर्ने धारणा राखे ।

राष्ट्रियसभा अन्तरगतको यो समितिको कार्य क्षेत्र भित्र संघीय संसदमा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यान्वयन मापन र अनुसन्धानसम्बन्धि कार्य पर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);