ओली–दाहालबीच भेटवार्ता, विवादास्पद अध्यादेश फिर्ता लिन ओली सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली–दाहालबीच भेटवार्ता, विवादास्पद अध्यादेश फिर्ता लिन ओली सकारात्मक

oli-dahal

काठमाडौं, ११ वैशाख । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन तयार हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री एबं नेकपाका अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल पछि अध्यादेश फिर्ता लिन ओली सकारात्मक हुनुभएको हो ।

छलफलमा दाहालले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गर्नुभएको थियो । दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिनुभएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताउनुभएको जनाइएको छ । संविधानको धारा ११४ (२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।

सरकारले मंगलबार मात्र राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएको थियो । तर त्यसको नेकपाभित्र र बाहिर चौतर्फी विरोध भइरहेको छ ।

यसैबीच बुधबारबाट शुरु भएको नेकपा सांसदहरुसँग ओली र दाहालको छलफल स्थगित भएको छ । अन्य तयारी गर्नुपर्ने भन्दै बिहीबारको छलफल स्थगित भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);