म फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै : नेता राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

म फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै : नेता राई

MD Istyak

काठमाडौं, ११ वैशाख । समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफु कुनैपनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताउनुभएको छ । नेता राईले पछिल्लो समय आफुहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताउनुभएको छ ।

बिहीबार न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै पूर्व मन्त्री समेत रहनुभएका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पार्नुभयो ।

नेता राईले सञ्चारमाध्यममा यो विषय कसरी आएको छ आफुले थाहा पाउन नसकेको समेत बताउनुभयो । उहाँले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताउनुभयो । उहाँले संघर्ष गरिरहेका शक्तिहरु एकठाउँमा आउनु खुशिको कुरा भएको समेत बताउनुभयो ।

नेता राईले पार्टीभित्र फरक मत रहने वित्तीकै पार्टी विभाजन नै हो भन्ने बुझाई राख्न नहुने बताउनुभयो । ठूला पार्टीमा झन ठूलो विवाद रहेको त्यसमा मिडियाको ध्यान नजाने तर सानो पार्टीमा चासो बढेको र यसले आफुमाथि लागेको आरोप दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।

सरकारले ल्याएको अध्यादेशका विषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा नेता राईले पार्टीले सार्वजनिक गरेको धारणा नै आफ्नो पनि धारणा भएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);