तुवाँलो वातावरणमा फाट्दै-राजनीतिमा बाक्लिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तुवाँलो वातावरणमा फाट्दै-राजनीतिमा बाक्लिदै

oli-dahal

काठमाडौं, ११ वैशाख । लकडाउनपछि समग्र वातावरणeeमा तुवाँलो फाट्दै छ । तर, नेपाली राजनीतिमा तुवाँलो बाक्लिदै गएको छ । काम कुरो, एकातिर, कुम्लो बोकी ठिमीतिर भन्ने चरित्र नेतृत्वले देखाउँदा असान्दर्भिक अध्यादेशको तुवाँलोमा नेपाली राजनीति फस्दै गएको हो ।

यतिबेला मुलुक विपत्तिमा छ । विपत्तिको सन्त्रासमा जन्मिएको अध्यादेशको सुखद भविष्य पनि देखिएको छैन । सर्वत्र आलोचनाले घाइते भएको अध्यादेशले मृत्युवरण गर्ला या नगर्ला यी प्रश्नका तीरहरु सत्तातिर सोझिएका छन् । पानीको फोका जस्तै उठेको अध्यादेश आफ्नै कारणले बिलाउँछ कि बिलाउँदैन त ? यी बल्ग्रेती प्रश्नहरु उठिरहेका छन् । दल विभाजनको सुत्रबाट आफ्नै दल वा बाहिरका दल फुटाउने सरकारको रणनीतिले घाटा नाफा कसलाई भएको छ त ? यसको लेखाजोखा गर्न अहिले नै हतारो हुन सक्छ ।

तर, सत्य यो कि अध्यादेशरुपी भुसको आगोको लप्का आफैतिर पनि सोझिएको छ । अन्यतिर पनि सोझिएको मात्रै छैन, विशेषगरि मधेश केन्द्रीत राजनीतिक वृत्तमा यसले भूकम्प नै ल्याइदिएको छ । यतिमात्रै होइन, सत्तारुढ दल नेकपालाई आफ्नै भित्र थामथुम पार्न हम्मेहम्मे भएको छ । प्रतिकुल समयमा अध्यादेशको तीर हान्ने सत्ताशिनको सपनाले हावा खाँदा सरकार आफै रक्षात्मक बनेको छ । के गर्छस मंगले आफ्नै ढंगले भने झंै ओली सरकारले तीन भल्ड्याङ खाएको छ ।

सरकारले तारो बनाएको मधेशवादी दल फुटाउन खोज्दा उल्टै दुई पार्टी एक भई निर्वाचन आयोगमा नयाँ पार्टीको रुपमा दर्ता भएको छ । पछिल्लो अध्यादेश प्रसंग मात्रै होइन, यसअघिका हरेक सरकारी कदमहरु विवादरहित बन्न सकेका छैनन् । तिनैको निरन्तरतामा अध्यादेश आएको हो । २०७४ यता धेरै उपक्रमहरु यस्तै गरि चल्दै आएका छन् । त्यसैको निरन्तरतामा अध्यादेश जारी भएको हो । विकास र समृद्धिको लागि स्थिर नेपाली राजनीतिको राजमार्ग भत्काउन खोजिएको छ,अध्यादेशको कार्ड फालेर । निहित स्वार्थमा मुलुकलाई थप जटिलताको भड्खालोमा फसाउन खोजिएको छ । विकसित घटनाक्रमले यही अशुभ संकेत गरिरहेको छ । नागरिकमा आक्रोश र घृणाको तापक्रम उकालिरहेको छ ।

यो विकास र समृद्धिको आकांक्षाको सम्बोधन गर्ने समय हो । नागरिकको अत्याधिक मतमाथिको मजाक गरिएको एउटा उदाहरण हो, बेमौसमी अध्यादेश । यस्तो बेमौसमी कुचेष्टाले न मुलुकलाई हित गर्न सक्छ न स्वयं नेतृत्वलाई पनि । यसको अन्तर्य भनेको नै नेतृत्वको हँुकारको प्रवृत्ति हो । नेतृत्वको निहित स्वार्थ,दम्भ र तानाशाही मनोविज्ञानको दुष्परिणाम हो । यसर्थ असान्दर्भिक अध्यादेशको लप्काले नेतृत्वलाई पनि अवश्य पोलेको हुन सक्छ , विपत्तिमा पनि नाफा घाटामा रम्न दुस्प्रयास गर्ने नेतृत्वले अबका दिनमा यस्ता गम्भीर गल्ती दोहो¥याउनु हुदैन । गलत कदमको समिक्षा गर्दै अबको अढाइ वर्षे कार्यकाल जनताको मनजित्ने गरी काम गर्न नेतृत्वमा सद्बुद्धी फिरोस।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);