मधेशकेन्द्रीत दल एउटै छाताको ओतमा, राजपा र समाजवादीबाट जनता समाजवादी पार्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मधेशकेन्द्रीत दल एउटै छाताको ओतमा, राजपा र समाजवादीबाट जनता समाजवादी पार्टी

rajapa ra samajbadi yekata

प्रकाश जोशी

काठमाडौं, ११ वैशाख । अध्यादेश जारी भएपछि नेपाली राजनीति गर्माएको छ । ओली सरकारको अध्यादेशले दल विभाजनमा खुकुलो ल्याउने भएपछि दलहरुबीच तरंग पैदा भएको छ । यो तरंगले सरकारलाई सेटव्याक हुने अवस्था ल्याएको छ भने, मधेस केन्द्रीत दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकताको प्रक्रिया एकाएक जुट्न बाध्यता बनाएको छ ।

सरकारले जारी गरेको अध्यादेशको सकारात्मक साइड इफेक्ट मधेश केन्द्रीत दलमा परेको छ । लामो समयदेखि एकता टुंग्याउन नसकेका राजपा र समाजवादीले अध्यादेश जारी भएलगत्तै एकिकरण टुंगाएका छन् । सरकारले मधेश केन्द्रीत दलमा विभाजन ल्याउन अध्यादेश ल्याएको टिप्पणी गरेका यी दलले अध्यादेशको कारण पार्टी एकिकरण टुंग्याउन परेको नेता केशव झाको भनाई छ ।

एकताको बिलम्बमा लरबराइहेका मधेश केन्द्रीत दल एक भएका छन् । विचार र चरित्रको हिसाबले एकैस्थानमा रहनु पर्ने भएपनि सत्ता लालसाको कारण विभाजित रहदै आएका हुन् ।यद्यपी ओली सरकारले अध्यादेश जारी गरेपछि झस्केका यी दल एकतामा जुट्न बाध्य भएका हुन् । जे जस्तो भएपनि दलहरु जुट्नु मुलुकमा राजनीतिक स्थायीत्वको लागि सारथी बन्ने संविधानविद प्रा.डा.सुरेन्द्र भण्डारीको टिप्पणी छ ।

बाघ कराउने बाख्रो पनि हराउन भने जस्तै हो या अध्यादेशको भयले हो, मधेश केन्द्रीत दलहरु एउटै दलको छातामुनि जुटेका छन् । दलहरुबीचको एकताले स्थायीत्व पनि दिने भएकोले अध्यादेशको तीरले मधेश केन्द्रीत दलका लागि राजनीतिक दबाब परेको हो । जसबाट टुटफुटका मधेश केन्द्रीत दलहरु एकिकरणमा जुट्न बाध्य भएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);