एमाले महासचिव पोखरेलद्वारा आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमाले महासचिव पोखरेलद्वारा आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

काठमाडौं । नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गरेका छन् ।

महासचिव पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरुको निरीक्षण र जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।

पूर्वउपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बुढानिलकण्ठ नगरपालिकाकै वडा नम्बर ४ र ६ मा भइरहेका विभिन्न विकास योजनाहरुको पनि निरीक्षण गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);