बाजुराका दलित परिवारले लगाए वडा कार्यालयमा ताला | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बाजुराका दलित परिवारले लगाए वडा कार्यालयमा ताला

बाजुरा, ८ असोज । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ५ का दलित परिवारले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

चालु आर्थिक वर्षमा वडामा संचालन हुने विकास निर्माणका योजनामा उपभोक्ता समिति बनाउँदा कुनैपनि योजनामा दलित समुदायलाई प्रमुख स्थान नदिएपछि मनाका ४० दलित परिवारहरुले विहिबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा अध्यक्ष बलबहादुर थापा र वडा सदस्य दलबहादुर साउँदले मनामा रहेका दलित समुदायलाई लक्षित गरि असभ्य र अपमानित शब्द बोलेकोले वडा कार्यालयमा तालावन्दि गरिएको स्थानीय पुष्प मिजारले बताएका छन् ।

बडीमालिका ५ नम्बर वडाले हिजोमात्रै वडामा चालू आर्थिक वर्ष २०७७/०७८ मा निर्माण हुने योजनाहरुको उपभोक्ता समिती गठन कार्य सम्पन्न गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);