कलैया उपमहानगरपालिका कार्यालयमा वडा अध्यक्षद्वारा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

कलैया उपमहानगरपालिका कार्यालयमा वडा अध्यक्षद्वारा तालाबन्दी

अनिल पाण्डेय

बारा । कलैया उपमहानगरपालिका कार्यालयमा सोहि पालिकाको वडा नं ३ वडा अध्यक्ष जलाउदिन अँसारीले तालाबन्दी गरेका छन। उपमहानगरपालिका कार्यालयका कार्यकारी प्रमुख तथा जिन्सि शाखामा अँसारीले तालाबन्दी गरेका छन्।

वडा कार्यालयमा वडावासी को कामकाज गर्न प्रिन्टर बिगत केहि महिना देखि खराब भएको छ। सो प्रिन्टर मर्मत गर्न कार्यालय प्रमुख प्रह्लाद बर्णवाललाई गुहार गर्दा पनि गैरजिम्मेवारी रुपले जिम्मेवारी बहन गरेको पाइन्छ।

कार्यालय प्रमुख बर्णवालले तानाशाही रुपले कार्यालय सँचालन गरेको भन्दै वडा कार्यालयलाई कुनै पनि अधिकार नदिएको गुनासो समेत वडा अध्यक्ष अँसारीले गरेका छन्।

उपमहानगरपालिकाको नगर प्रमुख राजेश यादबलाई जानकारी गराउँदा कार्यालय प्रमुखसँग कुरा गर्नु त्यो जिम्मेवारी कार्यालय प्रमुखलाई दिएको जानकारी समेत अँसारीले दिएका छन्।

वडा कार्यालयमा सेवाग्राहीको कामकाज गर्न कठिनाइ भईरहेको हुनाले आज कार्यालय प्रमुख बर्णवाललाई फोन गर्दा कुनै जवाफ नदिएको र नगर प्रमुख यादवलाई फोन गर्दा गैर जिम्मेवारी देखाएकाले तालाबन्दी गर्न बाध्य भएको जानकारी समेत अँसारीले दिएका छन्।

Leave a Reply

ताजा समाचार