लगातारको वर्षासँगै उर्लेको तिनाउ नदीले एक घर बगायो | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

लगातारको वर्षासँगै उर्लेको तिनाउ नदीले एक घर बगायो

बुटवल, ८ असोज । लगातारको वर्षासँगै उर्लेको तिनाउ नदीले बुटवल उपमहानगरपालिका-१७ रानीगंजमा एक घर बगाएको छ । बिहीबार दिउसो सवा २ बजेको समयमा नदीले टिनले छाएको ब्लकले बनाएको एक तले घर बगाएको हो । नदीले स्थानीय प्रेम कुमारी खाँम्चाको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खडक बहादुर खत्रीले बताउनु भयो ।

नदीले मानविय क्षती भने गरेको छैन । सोही स्थाना अन्य ४ घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन । नदी बहाव क्षेत्रमानै घर वनाएर सुकुम्बासीका नाममा वस्दै आएकाहरुलाई अहिले नदीको खतरामा रहेका छन् ।

तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले पनि गुल्मी, पाल्पा लगायत तिनाउ नदीको मुहान क्षेत्रमा निरन्तर बाढी आईरहेको हुँदा खतरा नतरेको पूर्वानुमान शाखाको भनाई छ । तिनाउ नदीको बहावले कटान गर्दा रुपन्देहीको रानीगञ्जस्थित सुकुम्बासी बस्ती भतापु्र र देविनगर क्षेत्र जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);