निर्वाचन विरोधि गतिविधि नगर्न सरकारलाई पोखरेलको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निर्वाचन विरोधि गतिविधि नगर्न सरकारलाई पोखरेलको चेतावनी

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकार र सत्तारुढ नेपाली काँग्रेसलाई निर्वाचनविरोधि गतिविधि नगर्न चेतावनी दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका उनले निर्वाचन आचारसंहिता उलंघन भईरहेको भन्दै तत्काल बन्द गर्न सरकारलाई सचेत गराएका छन् ।

विहिबार काठमाडौंमा आयोजित संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सरकारले बजेट रकमान्तर, कर्मचारीहरुको सरुवा-बढुवा गरेर निर्वाचन आचारसंहिताको ठाडो उलंघन गरिरहँदा समेत निर्वाचन आयोग मौन देखिएको भन्दै आपत्ति जनाए ।

उनले सरकार र सत्तारुढ काँग्रेसकै आडमा देशका विभिन्न भागमा बम विष्फोट लगायतका घटना घटिरहेको आशंका व्यक्त गरे । महासचिव पोखरेलले बाम गठबन्धन विजयी हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अत्तालिएको आरोप पनि लगाउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);