निर्वाचन आयोगले सर्बदलीय बैठकमा बोलाएन माधव नेपाललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निर्वाचन आयोगले सर्बदलीय बैठकमा बोलाएन माधव नेपाललाई

काठमाडौं, २ फागुन। वैशाख १७ र २७ का लागि घोषणा गरेको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न (आइतबार) नेकपाका दुवै अध्यक्ष सहित सबै दलका प्रतिनिधिलाई बोलाएको छ । तर नेकपाको दाहाल– नेपाल पक्षको नेकपालाई दलीय हैसियतमा बोलाएको छैन।

प्रतिनिधिसभाको विघटन पछि दाहाल–नेपाल पक्षको नेकपाको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको घोषणा गरेको थियो । तर आईतबार निर्वाचन आयोगले भने पुस ५ गते भन्दा अघिको नेकपाको हैसियतमा दुई अध्यक्ष ओली र प्रचण्डलाई बोलाएको छ। पछि अध्यक्ष बनाइएका नेपालललाई दलको अध्यक्षको हैसियतमा बोलएको छैन।

छलफलका लागि सबै दलका प्रतिनिधिलाई बोलाएको छ। निर्वाचन आचारसंहिताको मस्यौदामा सल्लाह सुझाव लिन नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सबै दलका अध्यक्षरसभापतिलाई बोलाइएको हो।

यसपछि निर्वाचन आचारसंहिता सार्वजनिक गरिने आयोगले जनाएको छ। प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भन्दै नेकपाकै प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी चरणबद्ध आन्दोलनमा रहेका बेला निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाएको हो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते चुनाव गराउने घोषणा गरेकी हुन्। त्यसयता ओली समूहबाहेक देशका लगभग सबै दल, नागरिक समाज, कलाकार, लेखक आन्दोलित छन् भने प्रतिनिधि सभा विघटनको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);