प्रधानमन्त्रीले प्रतिनिधि सभा नियामावली मिच्नुभयोः नेकपा | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८३, आइतबार

प्रधानमन्त्रीले प्रतिनिधि सभा नियामावली मिच्नुभयोः नेकपा

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभा नियमावली उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले प्रधानमन्त्रीबाट संविधान र नियमावली मिचिएको विषय संसद्को ध्यानाकर्षण गराउन चाहेको बताउनु भयो । प्रधानमन्त्रीबाट यस्तो कार्य हुनु राष्ट्रका लागि दुःखद् भएको उहाँको भनाइ थियो । दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६(१) अनुसार सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

उक्त व्यवस्थाअनुसार १५–१५ सदस्यको समूह गठन गरी प्रधानमन्त्रीलाई सोधिने प्रश्न तीन दिनअघि लिखित रूपमा उपलब्ध गराउनुपर्ने तथा प्रधानमन्त्री उपस्थित भएको दिन एक घण्टा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रावधान रहेको उहाँले बताउनु भयो । तर उक्त प्रक्रिया पालना नगरिएकाले नियमावलीको स्पष्ट उल्लङ्घन भएको दुलालको आरोप छ । उहाँले यस विषयलाई संसदको अभिलेखमा दुःखका साथ दर्ज गराउन चाहेको बताउनु कभयो ।प्रधानमन्त्री साहले प्रतिनिधिसभामा सांसदहरुसंग प्रश्नोत्तर गर्न समय माग गर्नुभएपछि सभामुख डोरप्रसाद अर्यालले समय दिनुभएको थियो ।

Leave a Reply