सरकारलाई संसदप्रति अझ बढी जवाफदेही हुनैपर्ने व्यवस्था गरौँः युवराज दुलाल | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

सरकारलाई संसदप्रति अझ बढी जवाफदेही हुनैपर्ने व्यवस्था गरौँः युवराज दुलाल

काठमाडौँ 

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसदप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ । सोमवार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले उक्त आग्रह गर्नुभएको हो । प्रमुख सचेतक दुलालले संसदीय व्यवस्थालाई जनताको समस्या समाधान गर्ने थलोको रुपमा स्थापित हुने गरी नियमावलीमा व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले विश्वका विभिन्न मुलुकमा संसदीय व्यवस्थामाथि आलोचना हुने गरेको उल्लेख गर्दै नेपालको संसद भने त्यो आलोचनाबाट मुक्त हुनेगरी संचालन गर्न आवश्यक रहेको बताउनु भयो । प्रमुख सचेतक दुलालले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउने विषयमा पनि आवश्यक व्यवस्था गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।

Leave a Reply

ताजा समाचार