सांसदलाई बजेट बहिष्कार गर्न साझा पार्टीको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सांसदलाई बजेट बहिष्कार गर्न साझा पार्टीको अपिल

sajha pati

काठमाडौं, ३ असार । निर्वाचन क्षेत्रका नाममा सांसदलाई वितरण गरिएको बजेट बहिष्कार गर्न साझा पार्टीले अपिल गरेको छ । केन्द्रको सिको गर्दै सातवटै प्रदेशले पनि प्रदेश सांसदलाई बजेट विनियोजन गरेपछि त्यसलाई अस्वीकार गर्न साझा पार्टीले अपिल गरेको हो । आफ्ना पार्टी सांसदले यस्तो बजेट अस्वीकार गर्ने घोषणा गरेको जानकारी गराउँदै अन्य पार्टीकालाई पनि बहिष्कार गर्न आहवान गरेको हो ।

‘सांसदलाई बजेट छुट्याउने नीतिको प्रखर विरोध गर्ने सत्ताधारी र प्रतिपक्षका सांसदलाई पनि यो बजेट बहिष्कार गरी सुसंस्कृत राजनीतिको सन्देश दिन साझा पार्टी आहवान गर्दछ,’ पार्टी प्रवक्ता सूर्यराज आचार्यले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश ३ को साझा पार्टीका सांसद शोभा शाक्यले सांसदलाई छुट्याइएको बजेट अस्वीकार गर्ने सार्वजनिक रूपमै उल्लेख गरिसकेको जानकारी गराउँछौं ।’

संघीय संसदा प्रतिसांसदलाई ६ करोड छुट्याइएको नीतिको अनुसरण गर्दै प्रदेश सरकारहरूले पनि अर्बौं रुपैयाँ प्रदेश सांसदहरूलाई छुट्याएको घोषणाको भर्त्सनासमेत गरेको छ । ‘यो चरम बेइमानी, लोकतन्त्रको उपहास र राष्ट्रघात हो,’ विज्ञप्तिमा भनिएको छ । दुईतिहाई समर्थन प्राप्त र ७ मध्ये ६ वटा प्रदेशमा नेतृत्व गरिरहेको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका लागि लिन सक्ने आमूल परिवर्तनकारी कदमहरू लिनुको सट्टा प्रदेशदेखि केन्द्रसम्म भ्रष्टाचार र कुशासनलाई संस्थागत गर्दै जानु दुर्भाग्यपूर्ण भनी साझाले टिप्पणी गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);