सरकारलाई नागरिकता सम्बन्धि अध्यादेश फिर्ता गर्न विप्लवको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकारलाई नागरिकता सम्बन्धि अध्यादेश फिर्ता गर्न विप्लवको आग्रह

biplav

काठमाडौँ । सरकारले जारी गरेको नागरिकता विधेयक सम्बन्धी अध्यायादेश तत्काल फिर्ता गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट आग्रह गरेको छ । अहिलेको तत्काल अवस्थामा ल्याएको नागरिकता बिधेयक फिर्ता लिन माग गरेको हो ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने भए पनि त्यसो गर्नुको साटो सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ ।

अतः हामो पार्टी त्यस्ता राष्ट्रहित विपरित कार्य नहोउन्, त्यस्ता निर्णय खोरेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);