रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न

bhotojatra

अपेक्षा तिमल्सेना
काठमाडौं, २६ जेठ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आईतबार भोटो देखाएर सम्पन्न भएको छ । एक महिना अगाडीबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर राष्ट्रप्रमुखले भोटो देखाएपछि जात्रा समापन हुने प्रचलन रहेको छ

एक महिना अगाडि ललितपुरको बुङमतिबाट सुरु भएको मछिन्द्रनाथको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर सम्पन्न भएको छ । परम्परागत रुपमा रथबाट देखाइने भोटो राष्ट्र प्रमुखबाट अवलोकन भएपछि जात्रा समापन हुने प्रचलन रहेको छ । सोही प्रचलन अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले आईतबार साँझ ५ बजे मच्छिन्द्र नाथको भोटो देखाउने कार्यक्रममा सहभागी हुनुभयो ।

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मछिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ । हरेक वर्षमा यहाँ पनि रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ । जात्रा हेर्न सर्वसाधारणको उलेख्य उपस्थिति रहने गर्छ । मल्ल कालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहार स्वरुप पाएको बहुमुल्य गहना र हिरा जडित भोटो सम्वन्धि विवाद सुल्झाउन हरेक वर्ष रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहि आएको छ ।

तिथिका आधारमा मच्छिन्द्र नाथको रथलाई ललितपुरका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ । विभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको भोटो देबलोक, मत्र्यलोक, मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो। रथबाट चारै दिशामा तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ। फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ ।

यसै जात्रासंग रत्न जडित भोटो जात्राको आकर्षण पनि जोडिन्छ । यसलाई जात्राको अर्काे महत्वपुर्ण पाटोको रुपमा लिन सकिन्छ । जात्राको अन्तिम पर्वका रुपमा रथको चारै दिशाबाट तिन पटक भोटो देखाउने परम्पराको पनि आफ्नै विशेषता छ । यस दिन उपत्यकामा सार्वजनिक बिदा दिइने परम्परा छ । यसरी राष्ट्रिय पर्वका रूपमा मनाइने रथजात्राको अवसरमा रथ रहेका स्थानमा हरेक साँझ–बिहान श्रद्धालु भक्तजनले भेटीसहित फुल–अक्षता चढाउने, धूपदीप बाल्ने गर्छन । यसले पारिवारिक सुख, शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);