आज जावलाख्य जात्रा: बर्षा र सहकालका देवता रातो मच्छेन्द्र नाथको भोटो देखाइदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

आज जावलाख्य जात्रा: बर्षा र सहकालका देवता रातो मच्छेन्द्र नाथको भोटो देखाइदै

bhoto jatra

काठमाडौं, २६ जेठ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो आज देखाइदै छ ।

एक महिनाअगाडिबाट सुरु भएको जात्रा ललितपुरको विभिन्न ठाउँ हुँदै जावलाखेलमा आएर राष्ट्रप्रमुखले भोटो देखाएपछि जात्रा समापन हुने प्रचलन रहेको छ । सोही प्रचलन अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारी आज साँझ ५बजे मच्छिन्द्र नाथको भोटो देखाउने कार्यक्रममा सहभागी हुनुहुने जनाइएको छ । तिथिका आधारमा मच्छिन्द्र नाथको रथलाई ललितपुरका विभिन्न स्थानमा परिक्रमा गराइन्छ ।

मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालाई स्थानीय भाषामा जावलाख्य जात्रा भनिन्छ । विभिन्न बहुमुल्य रत्न जडित भोटोलाई बिमान खटको चारै कुनाबाट देखाउने परम्परा छ। मच्छिन्द्रनाथको भोटो देबलोक मत्र्यलोक मनुष्यलोक र नागलोकलाई चारै कुनाबाट भोटो देखाउने गरिएको हो। रथबाट चारै दिशामा तीन पटक भोटो देखाउने र देखाइसकेपछि सबैकै सामुन्ने थैलीमा राखी सिलबन्दी गर्ने परम्परा छ। फेरि भोटो एक वर्ष पछि त्यही परम्परा अनुसार देखाइन्छ।हरेक वर्ष भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);