अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन सुरु, १५० भन्दाबढि शिक्षाविद्को सहभागिता | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन सुरु, १५० भन्दाबढि शिक्षाविद्को सहभागिता

sikshya sammelan

पुष्पा पोखरेल

काठमाडौं, २६ जेठ । विकासको लागि व्यवहारिक शिक्षा भन्ने नारासहित अन्तराष्ट्रिय शिक्षा सम्मेलन आइतबारबाट नेपालमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा स्वदेशी र विदेशी गरी एकसय पचास भन्दा बढि शिक्षाविद्हरुको सहभागिता रहेको छ । सम्मेलनमा गुणात्मक शिक्षाको विकास बारेमा छलफल गरिने छ ।

त्रिभुवन विश्वविद्यालयको आयोजनामा अन्तराष्ट्रिय स्तरको शिक्षा सम्मेलन नेपालमा पहिलो पटक भएको हो । ललितपुरमा भएको दुई दिने सम्मेलनमा नेपालसहित चीन, अमेरिका, बेलायत, जापान, फिनल्याड, भारत, सिंगापुरका विशिष्ट ख्यातिप्राप्त प्राध्यापकहरुको सहभागिता रहेको छ । सम्मेलनमा १० वटा फरक फरक कार्यपत्र प्रस्तुत गरि छलफल हुनेछ । अन्तराष्ट्रिय स्तरमा शिक्षाको क्षेत्रमा भएगरेका व्यवहारिक ज्ञान र सिपलाई प्रयोग गर्र्दैे नेपालमा पनि अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा दिनु यो सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

शिक्षा सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखी शिक्षामा सघाउने विश्वास गरिएको छ । नेपालको तर्फबाट त्रिभुवन विश्वविद्यालयले एउटा र अन्तराष्ट्रिय जगतका ३ जनाले नौ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपालले वर्र्षेनी विकासका लागि गुणस्तरीय शिक्षा भन्दै करोडौ बजेट छुट्याउदै आएको छ । तर त्यो सबै बालुवामा पानी सरह भएको छ ।

नेपालको शिक्षा प्रणाली व्यवहारीक हुन नसक्दा नेपालले शिक्षामा फड्को मार्न सकेको छैन । यो सम्मेलनले शैद्धान्तिक भन्दा व्यवहारीक तथा प्रयोगात्मक शिक्षाको विकास गर्न सहयोग पु¥याउने अपेक्षा आयोजकले गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);