कालोबजारी नियन्त्रण गर्न अनुगमन तिब्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कालोबजारी नियन्त्रण गर्न अनुगमन तिब्र

झापा, ८ जेठ । बन्दाबन्दीको समयमा हुन सक्ने कालो वजारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले वजार अनुगमनलाई तीब्र पारेको छ ।

जिल्लाका विभिन्न स्थानमा गरिएको वजार अनुगमनका क्रममा उपभोक्तालाई ठग्ने र म्याद गुज्रिएका खाद्य सामग्री बिक्री बितरण गर्नेलाई कारवाही समेत गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

जिल्ला स्तरीय अनुगमन समितिले पहिलो चरणमा जिल्लाका १५ वटै स्थानीय तहमा अनुगमन गरेको हो । दोस्रो चरणमा उजुरी परेका ठाउँमा मात्र लक्षित गर्दै अनुगमन भइरहेको घरेलु तथा साना उद्योग कार्यालय झापाकी उद्योग अधिकृत दुर्गा बास्तोलाले बताउनुभयो ।

झापामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमणका विरामी थँपिदै छन् । यस्तो अवस्थामा उपभोक्तालाई आवश्यक खाद्य सामग्री विक्री बितरणका लागि निश्चित समय तोकेर पसल खुल्ने गरेका छन् । सोही अवधिमा उपभोक्तालाई ठगी गर्ने गरेको उजुरी पछि वजार अनुगमनलाई तीब्र परिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);