गौरवका आयोजनाहरु अलपत्र अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गौरवका आयोजनाहरु अलपत्र अवस्थामा

काठमाडौ, ८ जेठ  । मुलुकमा २३ राष्ट्रिय गौरवका आयोजनाहरु छन् । आयोजनालाई उच्च प्राथमिकतामा राख्नु राम्रो भएपनि कार्यान्वयन पक्षमा तदारुकता नदेखाउदा आयोजनाहरु अलपत्र अबस्थामा छन ।

लामो समयदेखि निर्माण थालिएका २१ वटा गौरवका आयोजनामध्ये ११ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ । नेपाली सेनाले ठेक्का लिएको ७२ किमि लामो काठमाडौं–तराईमधेस द्रुत मार्गका प्रगति ७ प्रतिशत मात्रै छ ।

०७४ जेठ १४ मा शिलान्यास भएको यो सडकको साढे चार  बर्षभित्रमा निर्माण सक्नुपर्नेछ । त्यस्तै ०४४ सालमा सुरु बबई सिँचाइ आयोजनाको प्रगति सन्तोषजनक छैन । यो पुरानो आयोजना हाे । सबैभन्दा पुरानो लुम्बिनी क्षेत्र विकास कोष रहेको छ । ०४२ सालमा सुरु आयोजनाको हालसम्म प्रगति ८२ प्रतिशत पुगेको छ ।

त्यस्तै निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल, बूढीगण्डकी जलविद्युत् आयोजना, रेलमार्ग निर्माण, मेलम्ची खानेपानी आयोजना र पश्चिम सेती जलविद्युत् आयोजना समयमै निर्माण नहुँदा अलपत्रजस्तै बनेका छन । पुराना आयोजनाको समय थप गरिए पनि काममा भने सोचेअनुरूपको प्रगति हुन सकेको छैन ।

पछिल्लो पटक सरकारले ४०० केभी क्षमताको नाङ्लेभारे–बुटवल प्रसारण लाइन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको भए पनि ती आयोजनाको भने काम शुरु भइसकेको छैन ।

त्यस्तै निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थलको अहिलेसम्म प्रगति नै देखिएको छैन । कूल २३ वटा गौरवका आयोजना मध्ये माथिल्लो तामाकोशी, गौतमबुद्ध अन्तराष्ट्रि विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा रहेको छ ।

सरकारले उच्च प्राथमिकतामा राखी कार्यान्वयनमा ल्याएका राष्ट्रिय गौरवका आयोजनाको काम त्यति सन्तोषजनक देखिँदैन । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरू घोषणा गरे पनि कार्यान्वयन क्षमताको अभाव देखिएको विज्ञहरू नै बताउँछन् ।

यी आयोजनाको निर्माण सम्पन्न भएपछि मुलुक आर्थिक समृद्धिको गन्तव्यमा पुग्न कोशेढुंगा मात्रै नभई नेपालीको जीवनस्तरमा यसले कायापलट ल्याउने छ ।

ठूला आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याई आफ्नै स्रोतसाधनमा समयमै सम्पन्न गर्दा मुलुकको अर्थतन्त्रको संरचना परिवर्तन हुने सरोकारवालाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);