चिया व्यवसाय संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चिया व्यवसाय संकटमा

इलाम, ८ जेठ ।  इलामलाई चिनाउने चिया व्यवसाय अहिले संकटमा परेको छ । लकडाउनले चिया व्यवसाय संकटमा पर्दै गएको भन्दै इलामका किसान चिन्तित भएका छन् । मुख्य आयस्रोत नै चिया बनाएका इलामका किसानहरु आम्दानीको बाटो गुमे पछि चिन्तित भएका हुन् ।

कोरोनाको संक्रमण रोकथाम गर्न गरिएको लकडाउनले इलामको पर्याय बनेको चिया व्यवसाय संकटमा परेको छ । लकडाउनले उद्योगहरु बन्द भएपछि चिया व्यवसायी समस्यामा परेका छन् । पहिलो लटको गुणस्तरिय चिया नै नबिक्ने र टिप्नुपर्ने चियापत्ति पनि फाँड्नुपर्ने अवस्थामा पुगेको छ ।

यसबाट चियालाई नै रोजिरोटीको मुख्य माध्यम बनाएकाहरु संकटमा परेका छन् । लकडाउनमा चिया कारखाना नखुलेपछि किसानले चिया टिप्न पाएका छैनन भने बगानका मजदूर कामबिहीन भएका छन् । मुख्य आयस्रोतको बाटो नै बन्द भएपछि अब के गर्ने भन्ने चिन्ताले किसानलाई पिरोल्न थालेको छ ।

यसैगरी इलाम नगरपालिका २ को जस्बिरेका किसानहरु रायोको साग बजार पु¥याउन नसक्दा समस्यामा परेका छन् । सागसब्जीले बारी ढपक्क ढाकेको छ । चारैतिर हरियाली छ तर रायो साग फुलेर बारीमै कुहिन थालेका छन् ।

आम्दानीको मुख्य स्रोत बारी मै कुहिन थालेपछि किसानहरु चिन्तित भएका छन् । बिक्री गर्ने समय भइसकेको रायो साग बजारसम्म लैजान नसकिने र किन्नका लागि बारीमा व्यापारीहरु नआउने भएकाले तरकारी बारीमै कुहिने किसानहरुको चिन्ता छ ।।

अन्य समयमा तरकारी लिन गाडीहरु बारी सम्म पुग्ने गरेपनि यतिबेला लकडाउनले ठप्प भएको छ । जिल्लामा वार्षिक ९५ हजार ९४ मेट्रिक टन साग उत्पादन हुने गरेको छ । पाँच सय ३३ हेक्टरमा खेती गरेर किसानले प्रतिकिलो १० रुपैयाँले पनि नौ करोड ५९ लाख बराबरको साग वार्षिक उत्पादन गर्ने गरेका छन् ।

जिल्लाको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, इलाम नगरपालिकाका किसानले व्यावसायिक रूपमा सागको खेती गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);