इलामको चिया बगानमा काम गर्ने मजदुरको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

इलामको चिया बगानमा काम गर्ने मजदुरको अभाव

टीका खतिवडा

इलाम, १५ पुस । इलामको चिया बगानमा काम गर्ने मजदुरको अभाव भएपछि चिया व्यवसाय संकटमा परेको छ । जिल्लाको प्रायः सबै भूभागमा चिया खेती भए पनि अधिकांश युवा उच्च शिक्षा र रोजगारीका लागि विदेश गएका कारण मजदुरको अभाव भएको हो ।

देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको इलामको चिया व्यवसाय मजदुर अभावका कारण संकटमा परेको हो । मजदुर अभावले २ वर्ष यता ७ दिनभित्र टिप्नुपर्ने हरियो पत्ती १५ दिनमा टिप्ने गरेको कृषकहरु बताउँछन् ।

इलामका अधिकांश मानिसको मुख्य आयस्रोत चिया खेती नै हो । तर, चियाबगानमा मजदुरी गरेर परिवार पाल्न गाह्रो भएकाले रोजगरका लागि विदेश जान बाध्य भएको मजदुरको गुनासो छ ।

समयमै हरियो पत्ती टिप्न नपाउँदा कृषकले धेरै नोक्सानी बेहोर्नुपरेको छ । चिया रोप्नेदेखि टिप्ने तथा काँटछाँटका लागि समेत दक्ष जनशक्तिको अभाव भएकाले चियाको उत्पादन, प्रशोधन र बजारीकरणमा समस्या बढेको कृषकहरु बताउँछन् ।

चिया व्यवसायले इलामको मात्र नभई देशकै अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको हुँदा चिया टिप्ने मेसिनको प्रयोग वा अन्य वैकल्पिक उपाय अपनाउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);