आर्थिक सम्वृद्धितर्फ उन्मुख गराउन मुलुकभित्रै उद्योगहरु थप्नुपर्छ : शेखर गोल्छा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आर्थिक सम्वृद्धितर्फ उन्मुख गराउन मुलुकभित्रै उद्योगहरु थप्नुपर्छ : शेखर गोल्छा

काठमाडौंको, पुस १५ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकलाई आर्थिक सम्वृद्धितर्फ उन्मुख गराउनका लागि मुलुकभित्रै उद्योगहरु थप्नुपर्ने बताएका छन ।

संक्रमणकालको अन्त्य भईसकेकाले अब लगानीको उपयुक्त समय आएको भन्दै उनले उद्योग मैत्री र लगानी मैत्री नीति मार्फत उद्योगको संख्या बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिए। सनिबार राजधानीमा आयोजित नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको रजत महोत्सवलाई सम्बोधन गर्दे उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले आर्थिक सम्वृद्धिको नारा नेपालमै उद्योग नआएसम्म साकार नहुने बताए ।

भविष्य हेर्दै विदेशीने युवालाई स्वदेशमै अवसर, रोजगारी र भविष्य छ भन्नेमा विश्वस्त नपारेसम्म आर्थिक सम्वृद्धिको बाटोमा अघि बढ्न नसक्ने उल्लेख गर्दे उहाँले ती सबका लागि उद्योग स्थापना नै पहिलो सर्त रहेको बताए । नाकावन्दीको समयमा हामी कति परनिर्भर रहेछौ भन्ने जगजाहेर भएको भन्दै उनले सबै भन्दा पहिला परनिर्भरता हटाउनुपर्नेमा जोड दिए । उहाँले अन्य मुलुकमाथिको परनिर्भरता हटाउन विषयगत उद्योगको स्थापना जरुरी रहेकाले उद्योगमैत्री निति निर्माणका लागि सबैले सरकारलाई सुझाव दिनुपर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);