तीन बिमा कम्पनीलाई अनुमति दिने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

काठमाडौं, पुस १५ । बिमा समितिले तीनवटा नयाँ निर्जीवन बिमा कम्पनीलाई कारोबारका लागि अनुमति दिने तयारी गरेको छ । कारोबार सञ्चालनका लागि आशयपत्र पाएका अजोड इन्सुरेन्स, जनरल इन्सुरेन्स कम्पनी नेपाल र सानिमा इन्सुरेन्सले व्यवसाय अनुमति पाउने भएका हुन् । तीन महिनाअघि समितिले ती कम्पनीलाई कारोबार सञ्चालनका लागि पुँजी पुर्‍याउन निर्देशन दिएको थियो । ती कम्पनीले समितिले गरेको व्यवस्थाअनुसार एक अर्ब चुक्ता पुँजी पुर्‍याएका छन् ।

समितिले सैद्धान्तिक सहमति पाएका कम्पनीलाई पुँजी कायम गरी आउन तीन महिनाको अवधि दिइएको थियो । निर्देशनअनुसार त्यसअवधिमा पुँजी कायम गरी आउने कम्पनीले मात्रै सञ्चालन अनुमति पाउन लागेका हुन् ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याएका मनकामनाबाहेक उल्लेखित तीन कम्पनी कारोबार सञ्चालनका लागि योग्य भएको बिमा समितिका कानुन विभाग प्रमुख शाम्भराज लामिछानेले जानकारी दिए । समितिले दिएको शर्तअनुसार सञ्चालन अनुमति पाएपछि कम्पनीले तीन महिनाभित्र आवश्यक पूर्वाधार तयारी गरी बिमा व्यवसाय सुरु गर्नुपर्नेछ ।

हाल सञ्चालन अनुमति पाउन लागेका कम्पनीले बिमा व्यवसाय सञ्चालनका लागि २०६४÷६५ सालमा पाँच वटा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका थिए । समितिले अद्यावधिक भएर आउन निर्देशन दिँदा चार वटा कम्पनीले मात्रै समितिबाट सैद्धान्तिक सहमति पाए । दर्ता भएका पाँच कम्पनीमध्ये आइडियल जनरल इन्सुरेन्स खारेज भएका छ । बाँकी रहेका चार कम्पनीमध्ये मनकामना इन्सुरेन्स कम्पनीले पनि समितिले निर्देशन दिएको शर्त पूरा गर्न नसकेपछि सैद्धान्तिक सहमति नपाएको लामिछानेले बताए।

हाल नेपालमा १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । १७ वटै निर्जीवन बिमा कम्पनी पनि सञ्चालनमै छन् । अब तीनवटा नयाँ कम्पनी थपिएपछि निर्जीवन बिमा कम्पनीको संख्या २० वटा पुग्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);