प्रगति गर्नै सकेनन् राष्ट्रिय गौरवका सिंचाई आयोजनाले | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रगति गर्नै सकेनन् राष्ट्रिय गौरवका सिंचाई आयोजनाले

रानी–जमराको प्रगति सन्तोषजनक, सुनकोशी मरिनको प्रगति लाजमर्दो

काठमाडौं, २० मंसिर । नेपाल सरकारले सिंचाई सुविधालाई सहज बनाउन भन्दै प्राथमिकतामा राखे निर्माण शुरु गरेका सिंचाई योजनाको प्रगति सन्तोषजनक ढंगले अगाडि बढ्न सकेको छैन ।

सरकारले राष्ट्रिय गौरवका रुपमा शुरु गरेका विभिन्न ५ वटा सिंचाई आयोजनामध्ये पहिलो चौमासिकमा रानी–जमरा सिंचाई आयोजनाको प्रगती बाहेक अन्य चार योजनाको प्रगती सन्तोष जनक नदेखिएको स्वयं उर्जा, सिंचाई तथा जलश्रोत मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

मन्त्रालय श्रोतका अनुसार, रानी जमराका लागि पहिलो चौमासिकमा छुट्याएको २७ करोड ९२ लाख रुपैयाँमध्ये २६ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । यो ९३ दशमलव ९३ प्रतिशत हो । साथै योजनाले भौतिक प्रगति भने ६१ प्रतिशत गरेको छ । तर यो बाहेकका अन्य आयोजनाले ४६ प्रतिशत भन्दा कम प्रगती हासिल गरेको मन्त्रालयले बताएको छ ।

सरकारले, प्राथमिकताका साथ काम अगाडि बढाएका सिक्टा सिंचाई, बबई सिंचाई, भेरी बबई डाईभर्सन र सुनकोशी मरिन डाईभर्सनको प्रगति भने सन्तोषजनक देखिएको छैन । चालु आ.ब.को यो पहिलो चौमासिकमा सिक्टाको प्रगति ४२ प्रतिशत छ भने बबईको प्रगति ३८ प्रतिशत मात्र छ ।

सिक्टाका लागि विनियोजित पहिलो चौमासिकको कुल रु.२८ करोड १२ लाखमध्ये ११ करोड ९५ लाख र बबईमा २२ करोड ८४ लाखमध्ये ८ करोड ७३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । त्यस्तै, भेरी–बबई डाइभर्सन बहुउद्देश्यीयले २८ प्रतिशत मात्रै प्रगती गरेको छ । यो आयोजनाले छुट्टयाईएको ८२ करोड १४ लाखमध्ये २२ करोड ९४ लाख रुपैयाँ मात्रै खर्च गरेको छ ।

राष्ट्रिय गौरवका सिंचाई आयोजनामा सबैभन्दा दुखद स्थिती सुनकोशी मरिन डाईभर्सनको रहेको छ । यो पहिलो चौमासिकमा यस आयोजनाले ४ प्रतिशत मात्रै प्रगती हासिल गरेको देखिएको छ । यस आयोजनालाई यो अवधीका लागि छुट्याईएको १८ करोड ७२ लाखमध्ये योजनाले रु. ७९ लाख मात्र खर्च गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);