प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त मेस भवनको शिलान्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त मेस भवनको शिलान्यास

काठमाडौं, १४ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी अधिकृत तथा जवानहरुका लागि संयुक्त मेस भवन बन्ने भएको छ । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बुधबार संयुक्त मेस भवनको शिलान्यास गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीमाथि लाग्ने गरेका विभिन्न आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले सबै प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैबाट चलाउनुपर्ने बताउनुभयो ।

प्रहरी कर्मचारीले उदाहरणीय काम गरेर प्रहरी संगठनलाई परिवर्तन गराउन सक्ने नायव महानिरीक्षक पोखरेलको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);