प्रहरी महानिरीक्षक नियुक्ति विवाद - एआईजी पोखरेलको रिट श्रेष्ठ र चुडालको इजलासमा  | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

प्रहरी महानिरीक्षक नियुक्ति विवाद – एआईजी पोखरेलको रिट श्रेष्ठ र चुडालको इजलासमा 

काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवादबारे दायर रिटको अन्तिम सुनुवाइ आज हुँदै छ ।  न्यायाधीशद्वय विश्‍वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो । रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्‍वराज पोखरेल हुन् ।  उनले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिनुपर्ने माग गरेका छन् ।

वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ । यस्तै, सिंहलगायतलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्‍वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले दायर गरेको रिटको पनि आजै अन्तिम सुनुवाइ हुँदै छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);